एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार गोदावरीमा
न्युज डेस्क

काठमाडौं । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ । एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेण्डाबारे छलफल गरेको गरेको पार्टी महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनधिहरु २१ सय ५३ जना सहभागी हुनुहुनेछ ।
कांग्रेस संसदीय दलको बैठक आइतबार
न्युज डेस्क

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।
ग्रेटर रिडिङ समाजको नेपाली नयाँ बर्ष मनाउन गायिका प्रबिसा बेलायतमा
न्युज डेस्क

लन्डन, गेटर रिडिङ नेपाली समाज रिडिङ यूकेको आयोजनामा हुने नेपाली नयाँ बर्ष २०८१ मनाउन गायिका प्रबिशा अधिकारी लन्डन आइपुगेकी छन्। समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल १३ तारिक सनिबार पाकिस्तानि कम्युनिटी हल रिडिङमा हुदैछ।चर्चित गीत र रियालिटी सो को जज हुँदै नेपाली गित मार्फत दर्सक स्रोता को मन जित्न सफल गायिका अधिकारिले प्रस्तुति दिने समाजका अध्यक्ष भिमसेन खडकाले बताउनुभयो। गायिका अधिकारिलाइ लन्डनको हेथ्रो बिमानस्थलमा अध्यक्ष खडका स्वागत गर्नु पुग्नुभएको थियो। अध्यक्ष खडकाले यो बर्षको कार्यक्रम अरु बर्ष भन्दा भिन्न र फरक तरिका बाट सम्पन गर्न लागिएको बताउनुभयो । नेपालमा रहेको बिभिन्न