एमाले अध्यक्ष ओलीको प्रश्नः प्रचण्डको आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ?
न्युज डेस्क
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकता विधेयकलाई तनावको विषय बनाएको आरोप लगाएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सरकारले पाखुरा देखाएर, तनाव बढाएर समस्या समाधान नहुने बताएका हुन्। सत्ता गठबन्धनले बाहिरै बसेर बाहिरै निर्णय गरेर अहंकार देखाएको ओलीको टिप्पणी छ। ओलीले भने, ‘राष्ट्रपतिले पठाएको प्रस्तावलाई हेर्दा पनि हेर्दैनौँ भनेर पास गरेर उद्दण्डता देखाउने? यति बेसोमती कुनै सत्ता पक्ष हुन्छ? यति अहंकारको भाषा बोल्छ?’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने विषय उठाएकोबारे ओलीले प्रश्न गरे,